सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

२०७७ भदौ १२, ०८:३१ खबर संवाददाता

बझाङ–बझाङमा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल बझाङको आइसोलेसनमा रहेका जयपृथ्वी नगरपालिका वडा नम्वर १ का ४५ वर्षीय पुरुषको हिजो बिहान मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक जयबहादुर सिंहले बताए। 

उनी एक साता अगाडि भारतवाट आएका थिए। उनको कोरोना परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक सिंहले बताए। उनको रिपोर्ट आएपछि शवको ब्यबस्थापन गरिने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस