सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो हुन्छ न्याउरी मुसा र गोमन सर्पको लडाई(भिडियो सहित)

२०७७ भदौ ९, ०५:४३

न्याउरी मुसासँग विषालु सर्पलाई हराएर मार्न सक्ने क्षमता हुन्छ। न्याउरीको शरीरमा भएको एसेटाइलकोलाइन रिसेप्टरले विषबाट रक्षा गर्छ। अनि उसको बाक्लो भुवादार छाला र तीव्र गति पनि लडाइँको बेलामा उपयोगी रहन्छ। 

यसैबिच भारतको एक सडकमा सर्प र न्याउरी मुसाले भिडन्त गरेको भिडियो सार्वजनिक भएको छ।  सडकको बीचमै उनीहरूको भिडन्त हुँदा मोटरसाइकलमा आएकाहरूले रोकेर हेरेका थिए। 

भिडियोलाई भारतीय वन विभागका अधिकारी डा अब्दुल कयूमले ट्विटरमा शेयर गरेका हुन्। भिडियोमा सर्प न्याउरीको पञ्जाबाट भाग्न खोजेको तर नसकेको देखिन्छ। न्याउरीले सर्पलाई दाँतले च्यापेर सडकछेउको झाडीमा लग्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस 

-ऐजेन्सी 

कमेन्ट लोड गर्नुस