धनगढीका थप ७ जनामा कोरोना पुष्टि, कुन वडाका कति ?
धनगढी : धनगढीका थप सात जनामा कोरोना पुष्टि भएको छ। मंगलवार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका थप सात जनामा संक्रमण देखिएको हो।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का चार, वडा नम्वर ५ का दुई र वडा नम्वर २ का एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
उनीहरु मध्ये चार जनाको ट्राभल हिस्ट्री छैन् भने बाँकी तीन जनालाई सम्पर्कमा ल्याउने कार्य भईरहेको छ।
योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय दुई पुगेको छ। संक्रमण देखिएका एक सय ३७ जनाले भने कोरोना जितिसकेका छन्। एक जनाको मृत्यु भएको छ।