सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २ लाख ४५ हजार नगदसहित चार जुवाडे पक्राउ

२०७७ भदौ ९, ०१:५५ खबर संवाददाता

धनगढी– धनगढीबाट दुई लाख ४५ हजार नगदसहित चार जना जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ३ बडहरामा जुवा खेलिरहेको अवस्थामा चार जना जुवाडेलाई दुइ लाख ४५ हजार पाँच सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ बस्ने ३८ बर्षीय सम्राट सिंह, वडा नम्वर ३ बस्ने ३८ बर्षीय तिकल अधिकारी, २८ बर्षीय सुमित सिंह र ४९ बर्षीय रतन रेग्मीलाई पक्राउ गरिएको हो।

रेग्मीको निर्माणधिन घरमा जुवा खेलीरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरिक्षक रोकायाले बताए। उनीहरुलाई जुवा ऐन अनुसार कारवाही हुने छ। 
 

कमेन्ट लोड गर्नुस