कैलालीमा आइसोलेसनमै महिलाको मृत्यु
धनगढी : कैलालीमा आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार उनी मृगौला रोगबाटग्रस्त थिईन्। घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीका अनुसार मृतकको स्थायी घर बझाङ हो भने केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी हुन्।
‘श्रीमान र छोरासहित घोडाघोडीमा आफन्तको घर आएकी थिईन्,’ उनले भने, ‘श्रीमान र छोरामा कोरोना देखिएपछि महिलालाई पनि वडा नम्वर ११ को आईसोलेसनमा राखिएको थियो। सोमवार साँझ उनको मृत्यु भएको छ।’
मृतकको स्वाब संकलन हुने सूचना अधिकारी रेग्मीले बताए।