सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका २४ वर्षीय युवकलाई ब्लड क्यान्सर, उपचारका लागि सहयोगको अपिल

२०७७ भदौ ८, ०३:०६ खबर संवाददाता

धनगढीः दार्चुलाका २४ वर्षीय युवकलाई ब्लड क्यान्सर भएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय दिपेन्द्र पाललाई ब्लड क्यान्सर भएपछि काठमाडौँमा उपचार भईरहेको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकाय चौथो वर्षमा पढ्दै आएका पाललाई स्वास्थ्यमा समस्या देखिएपछि महाकाली अस्पताल भर्ना गरिएको थियो। महाकाली अस्पतालले उनलाई धनगढी रेफर गरेको थियो।

धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा ब्लड क्यान्सर भएको भन्दै काठमाडौँ रेफर गरेको थियो। उनका दाजु मिन पालले अहिले काठमाडौँको सिभिल अस्पतालमा उपचार भईरहेको बताए।

तर उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि सबैसँग याचना गरिएको छ। उनले अस्पतालले भाईको ब्लड क्यान्सरको उपचारका लागि झण्डै ९ लाख र वनम्यारो प्रत्यारोपण गर्न १२ देखि १६ लाख सम्म बजेट आवश्यक पर्ने बताएको जनाए।

तर त्यती ठुलो रकम व्यवस्थापन गर्न नसक्ने भएकाले उपचारमा समस्या हुने देखिएपछि सहयोगका लागि अपिल गरेका छन्। सहयोग गर्न चाहाने व्यक्तिले उनको मोवायल नम्बर ९८६८७२२२०६, ९८६२४२५१३२ मा सम्पर्क गर्न सक्नेछन्।\

यस्तै पालकी सहोदर बहिनी जानकीको लक्ष्मी बैँक लिमिटेड लेकमको खाता नं.०९०२३००५०१४ मा आवश्यक सहयोग राशी जम्मा गर्न सकिनेछ। 

 

कमेन्ट लोड गर्नुस