सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुहारी प्रेमीसँग भागेपछि किन सासूले जिब्रो काटेर भगवानलाई चढाइन् ?

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ ६, ०४:२०

धनगढी : घरबाट भागेर गएकी बुहारीलाई फिर्ता गराउन एक सासूले आफ्नै जिब्रो काटेर भगवानलाई चढाएको घटना सार्वजनिक भएको छ। घटना भारतको झारखन्डस्थित जमशेदपुरको हो।

जहाँ बुहारी भागेर गएपछि एक सासुले आफ्नो जिब्रो काटेर भगवा शिवको फोटोमा राखिन। यस्तो गरेमा बुहारी फर्किने उनलाई विश्वास छ। घटनापछि सासूलाई एमजीएम अस्पतालमा भर्ना गरिएको थियो।

अहिले ती महिलाका श्रीमानले घटनाबारे बोलेका छन्। उनका अनुसार त्यो गाउँमा जिब्रो काटेर भगवानलाई चढाएमा भागेको मान्छे फिर्ता आउने विश्वास गरिन्छ। उनका अनुसार ती महिला शौचालय जाने बहानामा डेढ वर्षकी छोरी समेतलाई लिएर एक अर्कै पुरुषसँग भागेकी हुन। ती पुुरुष उनका प्रेमी भएको श्रीमानले बताए। 

हाल जिब्रो काटेकी सासू अस्पतालमा उपचाररत छिन। उनलाई अझै पनि विश्वास छ की बुहारी घर फर्किनेछिन। -आजतकको सहयोगमा 

कमेन्ट लोड गर्नुस