सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आज मध्यरातदेखि निषेधाज्ञा, यस्तो छ सिडिओको आदेश

२०७७ भदौ ४, ०७:१९ खबर संवाददाता

धनगढी : कैलालीमा बिहिवार (आज) राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी हुँदैछ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसको आधारमा संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्न लागिएको हो।

आज मध्यरातिदेखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाईने छैन्।

जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाईने छैन् भने खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाईनेछ।

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन्।

बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १७ बुँदे आदेश पनि जारी गरेका छन्। उनले कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्ने अभियानमा साथ र सहयोगको अपेक्षा पनि गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस