सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर नाकामा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट 'नेगेटिभ'

२०७७ भदौ ३, ११:५० खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकामा ज्यान गुमाएकी बृद्धाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ की एक सय बर्षीया बृद्धा जलु मिजारको कोरोना रिपोर्ट नेगेटिभ आएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

भारतको सुरतबाट घर फर्किदै गर्दा उनको भदौ १ गते दशगजामा मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस