सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रीन क्लिन धनगढीद्वारा वृक्षारोपण

२०७७ भदौ १, ०६:४३ खबर संवाददाता

धनगढी: ग्रीन क्लिन धनगढीले विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सुुवास शाहीको नेतृत्वमा सन् २०१२ मा स्थापना भएको ग्रीन क्लिन धनगढीले ५ दिनसम्म वृक्षारोपण गरेको छ। 

धनगढी उपमहानगरपालिका –३ त्रिभुवन माध्यमिक विद्यालय परिसर बोराडाँडीमा, धनगढी –१३ जनता राजपुर मावि राजपुरमा, धनगढी –६ जाइस्थित भैरवकाली मन्दिर परिसरमा, धनगढी –२ शारदा मावि परिसरमा र धनगढी –१३ कैलाली सामुदायिक वन तथा जनता राष्ट्रिय मावि परिसरमा गरी ५ दिन निरन्तर वृक्षारापण गरेको  ग्रीन क्लिन धनगढीका सदस्य समुयल न्यौपानेले बताए। 

डिभिजन वन कार्यालय धनगढीबाट प्राप्त कल्की, लिप्टिस, खयर, सीसम, डाली घाँस लगायत विभिन्न प्रकारका ५ सय विरुवा रोपेको अर्का सदस्य सदस्य अभिनास गुरागाईले बताए। यस्तै आगामी दिनमा पनि वृक्षारोपण गर्ने योजना रहेको अर्का सदस्य विजयराज जोशी बताए। 

 

कमेन्ट लोड गर्नुस