सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकामा एक बृद्धाको मृत्यु, कोरोना परीक्षण हुने

२०७७ भदौ १, ०५:४२ खबर संवाददाता

धनगढी : भारतको सुरतबाट घर फर्किरहेकी एक बृद्धाको मृत्यु भएको छ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ की एक सय बर्षीया बृद्धा जलु मिजारको दशगजामा मृत्यु भएको हो।

सुरतबाट छोरी र ज्वाईसंगै फर्किरहेकी उनको दशगजामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनको शव प्रादेशिक अस्पतालमा ल्याउन लागिएको बताउँदै प्रहरी नायव उपरिक्षक विष्टले मृतकको कोरोना परीक्षण हुने बताए। 
 

कमेन्ट लोड गर्नुस