धनगढीका दुई जना काठ सहित पक्राउ
धनगढीः काठ सहित धनगढीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ११ बेलाका नन्दलाल राना र मुन्ना चौधरीलाई काठ सहित पक्राउ गरिएको हो।
आइतबार रानालाई से २ प १५२५ नम्बरको मोटरसाईकल र १४ थान सालको झ्याल सहित पक्राउ गरिएको छ। चौधरीको घरमा समेत काठ भएको सूचनाका अधारमा थप २५१ थान पल्ला, दुई थान तयारी ढोका र झ्यालका फ्रेम चार थान समेत बरामद गरिएको हो।
सोहि ठाउँका ३६ वर्षका चौधरीलाई गोदावरी नगरपालिका वडा नम्बर ९ बाट तीन गोलिया सालको काठ सहित पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। तीन गोलिया काठ, गोरुगाडा र उनलाई प्रहरीले डिभिजन वन कार्यालय धनगढीलाई बुझाएको छ।
गोदावरी नगरपालीका वडा नम्बर ९ को सिद्दार्थ फर्निचर उद्योगका संचालक जगतराम चौधरीको घरबाट समेत काठ बरामद गरिएको छ। उनको घरबाट सिसमका ८१ थन कडी, ९१ थन फ्रेम, १६ थान सालको कडी र २२ थान सालको फ्रेम समेत बरामद गरिएको छ। उनी भने फरार भएका प्रहरीले जनाएको छ।