धनगढीमा जमेको पानीमा डुबेर किशोरको मृत्यु
२०७७ साउन ३२, ०९:२६
धनगढीः धनगढीमा खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ।
उपमहानगरपालिकाको वडा नम्बर ८ धनगढी गाउँमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय ममिर रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले शनिबार दिउँसो रानाको डुबेर मृत्यु भएको बताए।
कमेन्ट लोड गर्नुस