सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ४ जनामा कोरोना पुष्टि

फाईल फोटो
फाईल फोटो
२०७७ साउन ३१, ०५:४६ खबर संवाददाता

धनगढी : शनिवार धनगढीका थप चार जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका चार जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ४५ बर्षीय एक महिला र ३५ बर्षका तीन पुरुषमा कोरोना देखिएको बताए।

उनका अनुसार संक्रमित वडा नम्वर २, ३, १६ र १८ का हुन्। योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ४१ पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। 

कमेन्ट लोड गर्नुस