तीज र गौरा पर्वमा बजार क्षेत्रमा भिडभाड नगर्न गोदावरी नगरपालिकाको आग्रह
२०७७ साउन ३१, ०४:२५
धनगढी: कैलालीको गोदावरी नगरपालिकाले तिज तथा गौरा लगायतका पर्वमा बजार क्षेत्रभित्र भिडभाड नगर्न आग्रह गरेको छ।
समुदाय स्तरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नगरपालिकाले सूचना जारी गर्दै बजार क्षेत्रमा भिडभाड नगर्न तथा समाजिक दुरी कायम गर्न आग्रह गरेको हो। साथै सम्पूर्ण चाडपर्व घरभित्रै बसेर मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ।
कमेन्ट लोड गर्नुस