सुदूर नेपाललाई विश्वसँग जोड्दै

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ साउन ३१, ०८:०० खबर संवाददाता

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ। काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट २४ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहारबाट घाइते भएका तामाङको उपचारका क्रममा ग्रिनसिटी हस्पिटलमा  मृत्यु भएको जनाइएको छ। दुई समूहबीच झगडा हुँदा घटना भएको हुनसक्ने बताइएको छ। यद्यपि, प्रकरणमा कोही पक्राउ परिनसकेकाले यकिन भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन्।

प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस