सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ६ सम्म दोलखामा लकडाउन

फाइल फोटो
फाइल फोटो
२०७७ साउन ३०, ०९:३२ रासस

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखा जिल्लामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ। आज साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र  नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।

भोलि बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ।
 

कमेन्ट लोड गर्नुस