सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलियाको ‘सडक २’ ट्रेलरले राख्यो ‘डिसलाइक’को रेकर्ड

२०७७ साउन ३०, ०८:२७

आलिया भट्ट र सञ्जय दत्ता अभिनीत फिल्म ‘सडक २’को ट्रेलरले रिलिज भएको छोटो समयमै डिसलाइकको रेकर्ड कायम गरेको छ। फिल्मको ट्रेलर ट्रेन्डिङको शीर्ष स्थानमा रहेर सडक २ ले बिहीबार साँझसम्म ६८ लाखभन्दा बढी डिसलाइक पाएको छ।

कतिले फिल्मलाई बहिष्कार गर्नेसमेत बताएका छन्। यो नियोजित बहिष्कार गत जुलाई १४ मा बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गर्नुसँग सम्बन्धित छ। उनको मृत्युलगत्तै धेरैले उनी बलिउडको परिवारवाद र समूहवादको सिकार भएकाले डिप्रेसन भएको बताए। आलियाले एक सोमा सुशान्तबारे गरेको टिप्पणीले उनको निकै आलोचना भयो।

उनी फिल्म निर्माता करन जौहरसँग अति नजिक भएकाले पनि निशानामा परिन्। करन जौहरलाई पनि नेपोटिजमको बढावा दिएको भन्दै आरोपित गरियो। ‘सडक २’का निर्देशक महेश भट्टमाथि पनि सामाजिक सञ्जालमा नकारात्मक प्रसंग फैलाएको आरोप छ। यसले पनि डिसलाइक गर्नेको संख्या बढी भयो।

यसअघि सन् २०१८ मा ‘युट्युब रिवाइन्ड २०१८’ नामक् भिडियो विश्वमा नै सबैभन्दा मन नपराइएको भिडियो थियो। युट्युबमा अपलोड भएको यो भिडियोमा हाल एक करोड ८० लाख डिसलाइक छ। फिल्म ‘सडक २’ डिसलाइक पाउने दोस्रो फिल्म भएको छ।

कमेन्ट लोड गर्नुस