सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब कोरोना संक्रमित रिर्पोट लिन सेती अस्पतालको प्रशासन फाँटमा पुगे...

२०७७ साउन २६, ०७:३९ जनक विष्ट

धनगढीः घडीमा दिउँसोको दुई बज्दै थियो। काम विशेष र उपचारका लागि पुग्नेहरुको आजजाउले सेती प्रादेशिक अस्पताल व्यस्त देखिन्थ्यो।

कोरोना विशेष तोकिएदेखि नै अस्पतालमा समान्य समयको जस्तै बिरामीको चाप नभएपनि लकडाउन खुलेपछि फेरी बढेको छ। दिउँसो अस्पतालको प्रशासन फाँटमा पुग्दा त्यहाँ रहेका कर्मचारी पनि आ–आफ्नै काममा व्यस्त थिए।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ कोभिड–१९ को प्रयोगशाला रिर्पोट संकलन गर्दै थिए। विज्ञप्ती मार्फत आईतबारको अपडेट सार्वजनिक गर्न प्रयोगशालाबाट प्राप्त रिर्पोटलाई भेरीभाई गर्दै गर्दा प्रशासन फाँटमा दुईजना सेवाग्राही पुगे।

उनीहरु पुग्ने बेला सूचना अधिकारी श्रेष्ठ फोन आएपछि बाहिर निस्केका थिए। प्रशासन फाँटमा रहेका कर्मचारीलाई नमस्कार दर्शाउँदै ती व्यक्तिले कोरोना रिर्पोटको बारेमा सोधे।

कर्मचारीले कस्को रिर्पोट ? भन्दै प्रतिप्रश्न गरे।

उनीहरु दुवै जनाले एकै स्वरमा जवाफ दिए ‘आफ्नै सर।’

नभन्दै उनीहरु दुवैजनाको रिर्पोट पोजेटिभ आएको पर्चा अस्पतालले थमायो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने, ‘रिर्पोट लिन भनेर अस्पतालमै पुग्नुभएको थियो।

पोजेटिभ पनि देखियो। स्वास्थ्यमा समस्या छैन् भन्दै एकजना आईसोलेसन बस्नुभएन। एकजना आईतबार नै आईसोलेसन भर्ना भईसक्नुभएको छ।’ उनले असावधानी बढ्दा कोरोनाको जोखिम पनि बृद्धि भएको बताए।  

कसरी पुगे ती युवक सेती अस्पताल ?  

कोरोना रिर्पोट बुझ्न सेती प्रादेशिक अस्पताल पुगेका मध्ये धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का २७ वर्षीय युवक दिनेश खबरको सम्पर्कमा आएका छन्। उनले आफूलाई कोरोना लागेको शंकाकै आधारमा रिर्पोट लिन गएको बताए। ‘केही दिन पहिले उच्च ज्वरो आएपछि मेडिकलमा रगत जाँच गराएको थिए।

टायफायड भएको भनी दिएको औषधी खाँदा अवस्था बिग्रियो। ’ सेती प्रादेशिक अस्पतालको आईसोलेसनमै रहेका ती युवकले भने, ‘कोरोना आशंकामा परीक्षणका लागि अस्पताल गएर स्वाब दिएर आएको थिए। स्वाब संकलन गरेको दुई दिन सम्म कुनै जानकारी नभएपछि आईतबार आफै अस्पताल गएको हुँ।’

उनी अटो रिक्सा चढेर अस्पताल पुगेका थिए। अस्पतालले कोरोना पोजेटिभ देखिएको रिर्पोट थमाएपछि उहाँ अहिले सेतीकै आईसोलेसनमा बसेका छन्।  कुनै ट्राभल हिस्ट्री नै नभएको बताउँने ती युवक आफूहरुलाई कसरी कोरोना लाग्यो भन्ने कुरामा अच्चमीत छन्। उनीसँगै रिर्पोट लिन सेती अस्पताल पुगेका वडा नम्बर ४ कै २८ वर्षीय युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो।

तर सोमबार दिउँसो सम्म धनगढी उपमहानगरपालिका र सेती प्रादेशिक अस्पतालले उनीहरु दुवै संक्रमित भारतबाट फर्किएको बताईरहेका थिए। अर्का संक्रमित भने धनगढीकै एउटा निर्माण सेवामा कार्यरत कर्मचारी भएको खुलेको हो। यस्तै आईतबार नै कोरोना पोजेटिभ देखिएका वडा नम्बर ८ का पुरुष भने अहिले सम्म अस्पताल र उपमहानगरपालिकाको सम्पर्कमा आएका छैनन्।

ती पुरुष भारतबाट फर्किएको भनिएको छ। यसरी कोरोना संक्रमितहरु खुलेआम बजारमा डुल्न थालेपछि धनगढीमा समुदाय स्तरमा कोरोना फैलिने जोखिम बढेको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ र ट्राभल हिस्ट्री समेत पत्ता लगाएर संक्रमणको स्थिती पत्ता लगाउन भने लापरवाही गरिएको छ।

तर स्वास्थ्य कार्यालय कैलालीका  प्रमुख लालबहादुर धामीले भने संक्रमितको ट्राभल हिस्ट्री र ट्रेसिङ गर्ने काम स्थानीय तहको भएको बताउँछन्। धामीले स्वास्थ्य कार्यालयबाट त्यसका लागि आवश्यक पर्ने भिटिएम लगायतका स्वास्थ्य सामाग्री सबै पालिकालाई उपब्ध गराउँदै आएको बताए।  

यता धनगढी उपमहानगरपालिकाले भने संक्रमितको ट्राभल हिस्ट्री र सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको काममा उदासिनता देखाएपछि संक्रमणको अवस्था के छ भन्ने कुराको पहिचान हुन नसकेको गुनासो गरिएको छ। तर उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्याले संक्रमितहरको सम्पर्कमा आएकाहरको कोरोना परीक्षण गर्ने काम भईरहेको बताए।

उनले संक्रमितका परिवारका सदस्यका दुई र छिमेकीका दुई जनाको अनिवार्य परीक्षण गरिने बताए। धनगढी प्रयोगशालाले सेती प्रादेशिक अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरु मार्फत स्थानीय तहहरुलाई परीक्षण गरिएका नमूनाहरको रिर्पोट बुझाउँदै आएको छ।

तर स्थानीय तहहरुले उनीहरुको विवरणका आधारमा सम्पर्क गरेर रिर्पोट बारे जानकारी नदिदा संक्रमित व्यक्तिहरु बजार र गाउँ गाउँ डुल्न थालेको गुनासो बढ्दै गएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस