सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बाँदर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते

२०७७ साउन २६, ०४:५४

टेक चन्द/सिलगढी : डोटीमा बाँदर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छिन्। जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन्। आईतबार बारीमा बाँदर आएपछि स्थानीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए।

सोही क्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनलाई आईतबार नै उपचारका लागि दिपायलस्थित शैलेश्वरि अस्पताल ल्याईएको थियो। डोटीमा उपचार सम्भव नभएपछि अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचार भईरहेको छ।

घटनापछि अवैध वन्दुक राखेर पड्काउने शेरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रदेव मल्लले बताए।

कमेन्ट लोड गर्नुस