सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हेर यो मुटुमा चिरा पर्या छ’ गीतको भिडियो सार्वजनिक(भिडियोसहित)

२०७७ साउन २५, ०७:४३ खबर संवाददाता

काठमाडौं:  ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको   सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन।

सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ। गीतको अफिसियल भिडियो आज आइतबार मात्र सार्वजनिक भएको हो।  गीतको निर्देशन सृजन बरालले गरेका हुन्। गायक थापाकै शब्द तथा संगीतमा तयार भएको यो गीत निक्कै मार्मिक बनेको निर्माण पक्षले दाबी गरेको छ।

आहा टिभी युट्युब च्यानलबाट आइतबार दिउँसो सार्वजनिक भएको गीतले केही समयभित्रै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ।
 

कमेन्ट लोड गर्नुस