सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन बढिरहेका छन् आत्महत्याका घटना ?

२०७७ साउन २५, ०५:५८

न भोक मेट्छ विष को त्यो फल खाएर काम छैन।
हजारौँ रुदैंनन भने तिम्रो कर्मबाट मरेर काम छैन।।
दियो पनि आफु जल्दै संसार लाई प्रकाश दिन्छ।
अन्जान छ गाँउ सुनसान छ ठाउँ जलेर काम छैन।।
रित्तै आयौँ रित्तै जान्छौँ मनमा छट्पटी किन।
सुन बन्नलाई , पित्तल कहिल्यै   जलेर काम छैन।
समापनमा तिमी लाग्यौ बिपनामा आफ्ना छोडेर ।
भाग्यमा  छैन भन्दै डोरिको भर पेरेर काम छैन ।।

मानिसका विभिन्न इच्छा, चाहना अनि सपनाहरुको एउटा समग्र रुप नै जिवन हो भने आत्महत्या व्यक्तिको स्वनिर्णय पक्ष हो। मानिसको जिवन सोचेजस्तो सजिलो र सहजै तरिकाले कहाँ अघि बढ्न सक्छ र। जीवनको गतिसँगै हरेक चुनौतिलाई अवसरको रुपमा परिणत गर्न सक्ने एउटा बलियो शाहस र हिम्मतको  जरुरी पर्दछ। यती गरेर अघि बढ्न सकियो भने तपाई हामी सकारात्मक विचारको साथ पृथक जिवनको सुरुवात गर्न सक्दछौँ।

बारम्बार यि कानले सुन्ने गर्छ देश तथा गाउँघरमा फेरि आत्महत्याको घटना घट्यो रे कहिले २० वर्षे छोरा, कहिले २० वर्षे छोरी, कहिले उमेर ढल्कदै गरेको बुवा कहिले घर समाल्दै गरेकी हजुरआमा त कहिले ति साना बालबालिकाको सपना बुन्दै गरेकी आमा  आखिर यो घटना किन घट्दैछ त ? आउनुस अब यसलाई केहि हदसम्म भएपनि निराकरण गर्न तपाई हामी अघि बढौँ।

तपाई हामी समाजमा नै बस्छौँ। समाजबाट नै धेरै कुराहरुमा सहयोग पनि पाइरहेका हुन्छौँ। तर किन तपाई हामी  त्यहि समाजबाट डराउछौ त ?  यसको उत्तर तपाई हाम्रो सोचमा नै भर पर्दछ। तपाई हामी एउटै परिवारमा त फरक विचार भएका सदस्यहरु हुन्छौँ भने बाँकी समाज त बिभिन्न सदस्यहरु भएको परिवारको एउटा स्वरुप हो। जहाँ विभिन्न बिचार धारहरु भएका ब्याक्तिहरुको समिश्रण हुन्छ। त्यसैले यसैभित्र रमाउन र घुलमिल हुन सक्यौँ भने तपाईहामी बिच भएको पिडालाई केहि हदसम्म भएनि विश्राम दिन सक्छौ। यसकारण समाजमा हुने विभिन्न धार्मिक तथा सामाजिक कृयाकलाप, सन्देशमुलक कार्यक्रम तथा कृषि क्षेत्रतिर हुने मेलापात सङ्गै सामुहिक सहकार्य गर्ने प्रयास गरौँ।

कुनैपनि व्यक्तिले आ–आफ्नै फरकफरक प्रकारका व्यक्तिगत तथा पारिवारिक समस्या भोगिरहेको हुन्छ। त्यसैले आफ्नो नजरमा आफुलाई मात्र कमजोर अवस्थामा रहेको सोच्नु हुदैन समस्या सबैलाई हुन्छ र समस्या संगै समाधानको उपाय खोज्दै जानुपर्छ भन्ने मनोवलको शक्ति आफैमा पैदा गर्ने प्रयास गर्नुपर्दछ। 

कुनैपनि विरुवा हुर्कदै जादा कहिले फे बाट भाचिन्छ कहिले बिचबाट त कहिले टुप्पोबाट  भाचिन्छ। तरपनि फेरि पलाएर अग्लो हुन्छ हो। तपाई हामी पनि यसरी नै अघि बढ्नुपर्दछ। समस्या आउदै थपिदै जान्छ तर त्यसलाई समाधान गर्न सकिन्छ भन्ने सकारात्मक बिचारको साथ अघि बढ्न जरुरी हुन्छ। 

मानव जिवन नै यो संसारको सबैभन्दा उत्कृष्ट जीवन हो। भगवानले हामीलाई उपहार स्वरुप दिएको यो जीवनमा पर्दा पछाडि जस्तै सङ्घर्ष भन्ने शब्द पनि समावेश भएर आएको छ। मानिसको गतिशिल जीवनमा नयाँ नयाँ चुनौतिहरुको आगमन भईरहेको हुन्छ र तिनै चुनौति सङ्गै आउने परिस्थितिहरुले नै जीवन जिउने परिभाषा सिकाएको हुन्छ। तपाई हामी पनि ब्याक्तिगत जीवनमा आउने समस्यालाई अन्य ब्यक्तिको सुखद यात्रासंग दाजेर होइन आफै समाधान को उपाय खोजेर अघि बढ्नुपर्दछ। 

मानिसलाई निराशाले कमजोर बाटोतिर जान बाध्य बनाउछ भने आशावादि विचारले अझ सङ्घर्ष गरेर जीवनलाई अघि बढाउने हिम्मत र शाहस प्रदान गरेको हुन्छ। जीवनलाई विभिन्न तबरले परिभाषित गर्न सकिन्छ “ जीवन सङ्घर्ष हो र सङ्घर्ष नै जिन्दगीको जिउने आधार हो” भन्ने विचारलाई आत्मसाथ गर्दै  सकारात्मक विचार सहित सङ्घर्ष सङ्ग हार नमानी जीवनमा आउने जस्तोसुकै परिस्थितिलाई पनि डटेर सामना गर्न सक्ने सामथ्र्य निकाल्न सक्नु नै जिन्दगी एउटा सार्थकता पूर्णजीवन हो।

किन मान्छे आत्महत्या रोज्छ ?
आत्महत्या एउटा विश्वमा नै क्रमिक रुपमा घटिरहने घटना हो। जहा विकशित मुलुकहरु पनि यो घटना बाट अछुतो छैनन्। लिथुनिया, रसिया, दक्षिण कोरिया जस्ता देशहरु आत्यहत्या हुने शिर्ष स्थानमा रहेका छन। देश तथा विदेशका चर्तित सेलिब्रेटीहरुबाट पनि यो घटना बारम्बार घटिरहेको समचार आइरहेको हुन्छ। 

विशेषगरी आत्महत्या हुने प्रमुख कारणहरु भनेको गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, दिर्घकालिन रोग, बेरोजगारी, धुम्रपान तथा मादक पदार्थको अत्यधिक सेवन, लाज, डर, एक्लोपन तथा विभिन्न क्षेत्रमा हुने असफलताहरु रहेको छन्। आत्महत्या आफैमा रोगीले मात्र गर्ने अपराध नभई जोसुकै व्यक्तिले जतिबेला पनि गर्नसक्ने एउटा दुखत घटना हो। 

पृथ्वीमा एउटा उपहार स्वरुप पाएको जीवनलाई डोरीको सहारा लिएर झुण्डिनु, विष सेवन गर्नु, नदिमा हामफाल्नु तथा आफैले छुरा हान्नु आफ्नो जीवनको समापन आफै गर्न खोज्नु मानिसको कायरता हो। यतिबेला विश्व कोभिड –१९ बाट प्रभावित भइरहेको बेला हाम्रो जस्तो गरिब मुलकमा यो समस्या अझबढि उग्ररुपमा देखिने सम्भावना रहेको छ। त्यसैले यसलाई न्युनिकरण गर्नको लागि स्थानिय सरकार, प्रदेश सरकार तथा राष्ट्रिय सरकार सजग रहन जरुरी हुनुपर्नेछ।

आत्महत्याको जोखिममा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने ?
वास्तवमा कुनैपनि मानिस यसै मर्न चाहदैन। उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पको रुपमा रोजेको बाटो आत्महत्या हो। हाम्रो समाजमा आत्महत्या गर्ने व्यक्तिलाई कायर, स्वार्थी, पापी र नालायक जस्ता शब्दहरुले प्रहार गर्ने गरिन्छ। आत्महत्या एउटा समस्याको परिणाम हो। यसको जोखिममा परेको व्यक्तिलाई गर्ने सबैभन्दा राम्रो सहयोग भनेको सहानुभुती र सुनाई हो। त्यस्ता व्यक्तिको भावना बुझि उसका केहि गोप्य कुरा तथा भावना प्रति संवेदनशिल भई बाँकी जिवनलाई सकारात्मक सोच बाट अघिबढाउने शाहस तथा धैर्यताको पाठ सिकाउनुपर्दछ।

आत्महत्याको समाधानमा तपाई हाम्रो भुमिका
आत्महत्या आफैमा एउटा जटिल समस्याको रुपमा स्थापित हुदैछ। यसलाई समाधान गर्न एक व्यक्ति तथा  संस्थाले मात्र सम्भव हुदैन। त्यसैले देशका सम्पूर्ण शिक्षित युवावर्ग तथा देशमा भएका अंगहरु, सरकारको माथिल्लो तहमा रहेर नीति निर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यन्वयन गर्ने स्थानीय सरकार, समाजका बुद्धिजिवी सर्कल लगायत स्वास्थ्य, शिक्षा, सञ्चार तथा राजनीतिज्ञ क्षेत्रबाट उचित समन्वयन र सहकार्यका साथ एकजुट भई अघि बढ्न जरुरी छ।

(मोहन कुवर गुल्मी, सत्यवति गाउँपालिका –२, चेहेमी हाल जापान)
 

कमेन्ट लोड गर्नुस