सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला–तिंकर सडक निर्माणका लागि सेनाको टोली जिल्ला पुग्यो

२०७७ साउन २४, ०१:३० खबर संवाददाता

दार्चुला: नेपाली सेनाको टोली दार्चुला–तिंकर सडक निर्माणका लागि जिल्ला पुगेको छ। चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण कार्य गर्ने जिम्मेवारी पाएसंगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्रीसहित जिल्ला पुगेको हो। 

नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जना नेपाली सेनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए।

नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्रीसहित सेनाको टोली सदरमुकाम खलंगा पुगेको छ। नेपाली सेनाका महासेनानी गुरुङका अनुसार सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अवलोकन गरेर सोही अनुसार बन्दोबस्ती र व्यवस्थापन गरिने छ। भदौबाट सडक निर्माणको कार्य थाल्ने उनले बताए। 

गत बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ब्याँस गाउँपालिका वडा नम्बर २ घाँटिबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणका जिम्मा दिने निर्णय गरेको थियो। 

 

कमेन्ट लोड गर्नुस