सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अर्का अभिनेताले गरे आत्महत्या

२०७७ साउन २२, ०३:५४ खबर संवाददाता

भारतमा एक अभिनेताले आत्महत्या गरेका छन्। समीर शर्माले बुधबार राति आत्महत्या गरेका हुन्।  उनी ‘सास भि कभी बहु ती और कहानी घरघर की’ नामको सिरियलबाट चर्चित बनेका थिए। 

४४ वर्षका समीरले मलाडस्थित आफ्नो फ्ल्याटको किचनमा पंखामा कपडा बाँधेर झुण्डिएर आत्महत्या गरेका हुन्। उनी पछिल्लो १५ वर्षदेखि भारतीय टेलिभिजन क्षेत्रमा काम गरिरहेका थिए।

घटनामा कुनै सुसाइड नोटसमेत नभेटिएका कारण घटनाबारे थप केही उल्लेख गरिएको छैन। 

कमेन्ट लोड गर्नुस