सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बालक मृत्यु प्रकरण: हत्याका १० आरोपी पुर्पक्षका लागि कारागार चलान

२०७७ साउन २२, ०१:१६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा खानेपानी सम्बन्धी विवादमा बालकको मृत्यु प्रकरणमा हत्या आरोपमा पक्राउ परेका १० जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्लाको आलिताल गाउँपालिका वडा नम्म्बर ६ मा खानेपानी योजनाका विषयमा भएको विवादका क्रममा झडप हुँदा आठ वर्षीय बालकको मृत्यु भएको घटनामा आरोपी १० जनालाई पुर्पक्षका कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको हो। बुधबारको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायधिश हरीप्रसाद शर्मा उपाध्यायको इजलासले १० जनालाई पुर्पक्षका लागि कारागाचर चलान गर्न आदेश दिएको हो भने तीन नाबालिगलाई चाहेका बेला पेश गर्न सकिने गरि अभिभावकको जिम्मा लगाईएको छ।

थुनामा जानेहरुमा ५५ वर्षीय निरु भन्ने निरबहादुर ओली, ३३ वर्षीय हरिकृष्ण भाट, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, ३१ वर्षीय पवित्रा ओली, ३० वर्षीय टीकाराम ओलीसहितका १० जना रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। गत असार २६ गते खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महराको मुत्यु भएको थियो।

झडपका बेला उनको मुखमा ढुङ्गाले चोट लागेको थियो। घटनापछि भाइते भएका उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो।

घटनासम्बन्धी थप सामग्री:

डडेल्धुरामा खानेपानी विवाद हुँदा नाबालकको हत्याः थप एक अभियुक्त पक्राउ
डडेल्धुरामा खानेपानी विवाद हुँदा नाबालकको हत्याः थप ७ अभियुक्त पक्राउ 
डडेल्धुरामा हृदयविदारक घटना: अबोध बालकको लखेटीलखेटी हत्या, अस्पतालको शैयामा आमाबुवा
डडेल्धुरा बालक मृत्यु प्रकरण : १२ जना विरुद्ध किटानी जाहेरी, ९ जना अझै फरार
डडेल्धुरामा खानेपानीको विवाद हुँदा भएको झडपमा बालकको मृत्यु, चारजना पक्राउ

कमेन्ट लोड गर्नुस