सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बालक मृत्यु प्रकरण : १२ जना विरुद्ध किटानी जाहेरी, ९ जना अझै फरार

२०७७ असार २८, १०:५५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा खानेपानीको विषयमा भएको झडपका क्रममा बालकको मृत्यु भएपछि १२ जना विरुद्ध किटानी जाहेरी परेको छ।

जिल्लाको आलिताल गाउँपालिका ६ मा खानेपानीको विषय भएको विवादका क्रममा स्थानीय गणेश महराका ८ वर्षीय छोराको मृत्यु भएपछि परिवारले १२ जना विरुद्ध किटानी दिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बिरेन्द्र बोहराले मृतकका बुवा गणेश महाराले वडा नम्बर ६ कै १२ जना विरुद्ध किटानी जाहेरी दिएको बताए।

उनका अनुसार किटानी जाहेरी परेका मध्ये १९ वर्षीय भीम खड्का, ५५ वर्षीय नेरु ओली र ३० वर्षीय टीकाराम ओलीलाई घटना स्थलबाटै पक्राउ गरिएको थियो। पक्राउ परेका मध्ये एकजना विरुद्ध जाहेरी नपरेपछि थुनामुक्त भएका छन्।

अन्य ९ जनाको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। खानेपानीको विषयमा विवाद हुँदा भएको झडपका क्रममा घाईते भएका बालकको शनिबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो। 

 

कमेन्ट लोड गर्नुस