सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा खानेपानी विवाद हुँदा नाबालकको हत्याः थप एक अभियुक्त पक्राउ

२०७७ साउन ९, ०४:५५ खबर संवाददाता

धनगढी: डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद हुँदा बालक हत्याका थप एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ६  मेलखालीकी ४७ वर्षीया जयमती खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

यसअघि प्रहरीले शनिबार नाबालक हत्याका ७ अभियुक्तलाई पक्राउ गरेको थियो। प्रहरीले हालसम्म जाहेरीका आधारमा मेलखालीकै ३० वर्षीय टिकाराम ओली, ५५ वर्षी निरु भन्ने निर बहादुर ओली, १९ वर्षीय भिम बहादुर खड्का, ३३ वर्षीय हरीकृष्ण भाट, १९ वर्षीय लाले भन्ने लालबहादुर खड्का, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीय तुल्सी ओली र ३१ वर्षीय पवित्रा ओली र शुक्रबार पक्राउ परेका  जयमती खड्कासहित ११ जनालाई पक्राउ गरेको छ। 

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले बताए। 

गत असार २६ गते खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महराको मुत्यु भएको थियो। झडपका बेला उनको मुखमा ढुङ्गाले चोट लागेको थियो। घटनापछि भाइते भएका उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो।

घटनासम्बन्धी थप सामग्री:

डडेल्धुरामा खानेपानी विवाद हुँदा नाबालकको हत्याः थप ७ अभियुक्त पक्राउ 

डडेल्धुरामा हृदयविदारक घटना: अबोध बालकको लखेटीलखेटी हत्या, अस्पतालको शैयामा आमाबुवा
डडेल्धुरा बालक मृत्यु प्रकरण : १२ जना विरुद्ध किटानी जाहेरी, ९ जना अझै फरार
डडेल्धुरामा खानेपानीको विवाद हुँदा भएको झडपमा बालकको मृत्यु, चारजना पक्राउ

 

 

 

 

कमेन्ट लोड गर्नुस