सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारकर्मी मल्लको ‘बासैको चोयाले’ सार्वजनिक (भिडियोसहित)

२०७७ साउन १९, ०६:५५ खबर संवाददाता

डडेल्धुरा:  सञ्चारकर्मी तथा गीतकार नरेन्द्र मल्लको लोकदोहोरी ‘बासैको चोयाले’ गित सार्वजनिक भएको छ। भिडियोमा संचारकर्मी अनुप विक्रम मल्ल र भावना पौडेलले अभिनय गरेका छन्।

उनको गीत रामसार युट्यबु च्यानलमार्फत सार्वजनिक गरिएको हो।  मल्लको शब्द रहेको उक्त गितमा गायिका देबी घर्ती मगरले आवाज दिएकी छन। 

गायन क्षेत्रमा रूचि राख्ने गीतकार मल्ल आगामी दिनमा पनि स्रोतादर्शकको चाहना अनुसार गीत ल्याउने योजनामा रहेको बताउँछन्। ‘यो गीतबाट पाएको प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी दिनमा सांगीतिक बजारमा आउने छु’ मल्लले भने, ‘तत्काल अन्य गीत बजारमा ल्याउन नसकेपनि तयारीमा भने जुटिसकेको छु।’

भिडियो सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थल घटाल थान, उग्रतारालगायतका ठाउँमा सुटिङ भएको थियो।

 

कमेन्ट लोड गर्नुस