सुदूर नेपाललाई विश्वसँग जोड्दै

शान भुसालको ‘अलि अलि’ सार्वजनिक(भिडियोसहित)

२०७७ साउन १९, ०२:३८ खबर संवाददाता

धनगढी: गायक तथा संगीतकार शान भुसालको अलि अलि बोलको गीत सार्वजनिक भएको छ। भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ।

२०६० सालदेखि संगीतलाई निरन्तरता दिइरहेका संगीतकार शान भुसालले राजनीति सिनेमाबाट आफ्नो सांगितिक यात्रा अगाडि बढाएका हुन्। हाल देश बाहिर रहेका शान भुसालले आफ्नो सांगितिक यात्रा जारी राखेका छन्। भुषालका यसअघि थोरै सास, भाग्य, म तिमीलगायतका गीत सार्वजनिक भईसकेका छन्।

फरक प्याटर्नका गीत सिर्जना गर्न रुचाउने शानले प्रायः आफैं शब्द लेख्ने गर्छन्। भर्खरै सार्वजनिक भएको अलि अलि बोलको गीतमा शब्द, संगीत स्वयंको छ भने गायिकामा शानलाई सुनिता कार्कीले साथ दिएकी छन्।

सनीरको एरेन्जमेन्ट रहेको उक्त गीतमा कृष्णमान महर्जनको मिक्सिङ रहेको छ। भिडियो उत्सव दाहालले खिचेका हुन् भने रोशन लामाको निर्देशन रहेको छ। सम्पादन विकास दाहालको रहेको छ।
 

कमेन्ट लोड गर्नुस