सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकास प्रक्रियामा राजनीति र प्रशासन : अन्तरसम्बन्ध

२०७७ साउन १८, १२:०४

शेर बहादुर विष्ट-राजनीति र प्रशासन एक अर्काका पुरक हुन्। राजनीति साध्य हो भने प्रशासन साधकका रुपमा रहन्छ। राजनीति बिना प्रशासन र प्रशासन बिना राजनीति अपूर्ण रहन्छ। प्रशासकीय कार्यकुशलता बाट राजनीति सफल हुन्छ त्यसरीनै राजनीतिक स्थायित्त्व, स्वस्थ पथ प्रदर्शनले प्रशासनलाई सफल बनाउछ। अर्को कुरा शक्ति स्रोत र अधिकारको प्रयोग नै शासन हो। राजनीति र प्रशासन शासन प्रणालीको केन्द्रीय बिषय बस्तु हुन्। सार्वजनिक प्रशासनका बिज्ञहरु बिड्रो विल्सन, म्याक्स बेबर, कार्ल फ्रेडरिक देखि कोलिन क्याम्पवेलले समेत राजनीति र प्रशासनको बारे आफ्ना अभिमत राखेका भए पनि यस बारे स्पष्ट भने गरेका छैनन्।

कसैले राजनीति र प्रशासन बीच शासकीय अधिकार र शक्तिमा स्पष्ट सीमारेखा हुनु पर्ने कुराको वकालत गरेका छन भने कतिपयले दुबैको लक्ष्य समान भएका कारण यि दुइ बिचको अधिकार र शक्तिको प्रयोगमा सिमांकन गर्न कठिन हुने बिचार व्यक्त गरेका छन्। शक्ति सोत अधिकारको सिमांकन बारे भिन्न अभिमत भए तापनि राजनीति र प्रशासन बिचको सम्बन्ध बारे एउटै दृष्टिकोण रहेको भने छ। शासकीय आभ्यास द्वारा बिकास प्रक्रियालाई तिब्रता दिन र सुशासन कायम गरि प्रभाबकारी सेवा प्रवाह मार्फत नागरिक सन्तुष्टि बृद्दी गर्न दुबैको भूमिका बराबर हुने हुँदा यिनीहरु बिचको सम्बन्ध अन्तर निर्भरताको सिद्धान्तमा आधारित र स्पष्ट हुनु पर्दछ। जुन देशमा राजनीति र प्रशासन बिचको सम्बन्ध स्पष्ट र सुमधुर छ त्यो देशको शासन प्रणाली प्रभाबकारी भएको पाइएको छ भने यि दुइ बीच असल र सकारात्मक सम्बन्ध नभएको देशमा बिकाश प्रक्रियाले गति लिन नसकेको उदाहरण पनि छन।

प्रशासन भनेको राज्य संचालन गर्ने कला हो। यसका लागि अध्ययन ज्ञान र अनुभवको आवश्यकता पर्दछ। राजनीतिक ब्याक्तिहरुमा प्रशासन संचालन गर्ने गुणको अभाव हुन्छ। प्रशासकहरुले मात्र यस्तो कार्य सहजताका साथ् सम्पन्न गर्न सक्छन। प्रशासन बिनाको राजनीतिलाई शैतानको संज्ञा दिइएको पनि पाइन्छ। एकताका ब्रिटिस प्रधानमन्त्रीले भनेका थिए “राजनीति जस्तो जुवा अरु हुदैन” यसप्रकार घृणा गरिएको राजनीतिलाई राष्ट्रिय बिकास र समाजको बहुमुखी प्रगति तर्फ अग्रसर गराउने जिम्मेवारी प्रशासनले नै लिनुका साथै प्रशासनले नै राजनीतिलाई असफल हुनबाट समेत बचाउदछ।

राजनीतिक ब्याक्ति वा जनप्रतिनिधिहरु प्रशासन भन्दा तुलनात्मक रुपमा जनता प्रति बढी उत्तरदायी हुन्छन तथापि आफ्ना विभागीय काम कारवाहीका बिषयमा पोख्त भने हुदैनन्। उनीहरु प्रशासनिक कर्मचारी जस्तो कार्यालयमा आउने र जाने निश्चित समय हुदैन त्यसैले सरकारी नीति तथा कार्यक्रम निर्धारणका लागि प्रशासकीय व्याक्तिहरुको सल्लाह र सुझाब उनीहरुका लागि आवश्यक हुन्छ। प्रशासन भनेको राजनीतिको एक शाखा हो। अर्को शब्दमा राजनीतिलाई प्रशासन बाट र प्रशासनलाई राजनीति बाट अलग गर्न सकिदैन राजनीति बाट अल्गिएको प्रशासन अनियन्त्रित हुन्छ। प्रशासनको समन्वय र समर्थन बिना नीति(निर्माण पनि सफल हुन सक्दैन। राजनीति र प्रशासनलाई सैद्धान्तिक दृष्टिले पनि अलग(अलग राख्न सकिदैन। यिनीहरुका बीच प्रकाश र छाया जस्तो सम्बन्ध हुन् आवश्यक हुन्छ । राजनीति र प्रशासनलाई सरकारका अवयहरु हुन्।

दुबैले स्रोत र अधिकारको प्रयोग मार्फत शासन गर्दछन र नीतिगत तहमा अन्तरक्रिया पनि गर्दछन। संगठनात्मक लक्ष्य शक्ति र अधिकारको स्रोत तथा प्रयोग र बैधानिकताका दृष्टिकोणले पनि यिनीहरुले एक अर्कामा अन्तरनिर्भर हुनु पर्दछ राजनीति र प्रशासन दुवैले स्थापित बिधि पद्दति र प्रणालीमा बिश्वास गर्ने हुँदा परिवर्तनको एकाइ जनता भएकाले सो प्राप्तिका लागि समेत परस्पर सहकार्य गरिनै रहनु पर्ने हुन्छ। नेपालको बिकास प्रक्रियामा पनि राजनीति र प्रशासन दुबैको योगदान सकारात्मक र नकारात्मक रही आएको बुझ्न सकिन्छ। शासकीय प्रणालीमा यि दुई बिचको भूमिका र अधिकार बारे बिभिन्न समयमा छलफल र बहस समेत नभएका होइनन। नेपालको विकास प्रक्रियाको गति सुस्त र मन्द हुनुमा यि दुबैको सम्बन्ध ठिक नहुनु र एक अर्का बिच दोषारोपण गर्नु नै हो भनेर बुझ्न सकिन्छ।

यि दुई बिचको सम्बन्धमा भएको बुझाईको अस्पष्टताले सम्पूर्ण प्रणाली नै प्रभावित भईरहेकै परिस्थितिमा हामी अहिले संघीयताको नयाँ अभ्यासमा छौ। संघीय प्रणालीको थालनीमै यो अस्पष्ट बुझाइलाई स्पष्ट पारिएन भने यसले संघीय प्रणालीको पूर्ण कार्यन्वायनमै समस्या ल्याउन सक्ने उत्तिकै सम्भाबना रहन्छ। नेपालको संविधानले संघीय शासन प्रणाली अबलम्बन गरे अनुरुप तहगत शासकीय संरचना स्थापना भएका छन्। सोही अनुरुप प्रशासकीय प्रणालीको परिकल्पना गरिएको छ। राजनीति र प्रशासन बीचको सम्बन्ध र सीमा कानूनी रुपमै परिभाषित गरिएको छ। राजनीति र प्रशासन दुबैले नागरिकलाई केन्द्रमा राखी सहकार्य र समन्वयमा आधारित कार्य प्रणालीको अवलम्बन मार्फत बिकास कार्यलाई द्रुतता दिनु पर्ने जिम्मेवारी रहेको छ। हिजोको केन्द्रिकृत शासन प्रणाली द्वारा प्रशिक्षित राजनीति र प्रशासन लाइ सुक्ष्म ढंगले बुझ्ने हो भने आपसी तालमेलमा समस्या देखिन्छ। जस्तो राजनीति र प्रशासनले शासन गर्ने हो कि सेवारु त्यस्तै नीतिको अनुपालना हुने गरेको देखिदैन। राजनीति र प्रशासन दुबैले दीर्घकाल भन्दा छिटो लोकप्रियता प्राप्त हुने बिषयलाई प्राथमिकता दिने गरेका छन् । प्रणालीगत सुधारमा ध्यान पुगेको छैन। संस्थागत सुधारमा कसैको चासो देखिदैन । संगठन संरचनामा हाम्रा कि राम्रा भन्ने नीति मध्ये कुन अपनाउने भन्ने अन्न्यौल कायमै छ । सेवा प्रवाह गुणस्तरीय छैन। समन्वयको बिषय दुवै पक्षबाट उपेक्षित छ।

अझ गाँठी कुरात सेलेक्टेड भर्सेस इलेक्टेडको इगो रहेको पाइन्छ। जसले द्वन्दलाई बढावा दिएको छ। सह-अस्तित्व स्वीकार्ने संस्कार देखिदैन। यि दुइ बीच बिश्वासको संकट रहेको छ। जसका कारण शंकाको सुविधामा आधारित सम्बन्ध निर्माण भएको छ। प्रशासनमा अपनत्व छैन र स्थानीय बिकासमा प्रशासनको चिन्तन र चासो दीर्घकालिन देखिदैन भने राजनीतिमा बिकास प्रतिको समान दृष्टिकोण बन्न सकेको छैन र ऐक्यबद्धता जुटेको देखिदैन प्रशासन र राजनीति बिच बिकासको सम्वादकोसंस्कारको बिकासको अभाब छ। जसले गर्दा राजनीति र प्रशासन दुबैका लागि सुशासनको स्थापना निकै चुनौतीपूर्ण हुने आंकलन गर्न सकिन्छ।

बिश्वब्यापिकरणको प्रभावले स्थानीय समस्या समेत बिश्वब्यापी बन्न पुगेको यो अबस्थामा लोकतन्त्रलाई मानब ब्यबहार संग जोडी दिगो बिकासमा आधारित मानवीय क्रियाकलापलाई संस्थागत गर्न आवश्यक छ।शान्ति र सुरक्षालाई ब्याक्तिगत तहमै कसरी सुनिश्चित गर्ने रु सबैलाई मानव अधिकारको प्रत्याभूति कसरी गराउने रु सामाजिक न्याय र स्रोतको समतामूलक वितरणको संस्थागत संयन्त्र कसरी निर्माण गर्ने रु जस्ता चुनौतीहरु बिद्यमान छन्। परम्परागत चुनौतीहरुको निरन्तरता र नयाँ चुनौतीहरुको उदयले प्रशासन र राजनीति दुबैलाई थप जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बाध्यात्मक अवस्थाको सृजना गरेको छ।

सूचना प्रबिधिको प्रयोग उत्तरदायी र जवाफदेही शासकीय संयन्त्रको स्थापना नागरिक केन्द्रित सेवा प्रवाह दिगो र आत्मनिर्भर अर्थतन्त्र समन्वयात्मक शासन प्रणाली सामाजिक बिबिधताको ब्यबस्थापन समावेशी लोकतन्त्रको सुदृढीकरण जस्ता बिषयहरु राजनीति र प्रशासन दुबैका लागि चुनौतीको बिषय बनेका छन्। दैलोमा पुगेको सरकारलाई जनताले स्वीकार गरिरहेने कि लखेट्ने ? दैलोमा पुगेको शासन प्रणाली संस्थागत हुने हो वा टिक्न नसकी फर्किने हो ? भन्ने कुरा राजनीति र प्रशासन बिचको आपसी बिश्वास, सम्बन्ध र सहकार्यमा निर्भर रहने हुदा दुबैले आफ्नो पेशागत धर्मको पालनामा ध्यान दिई स्व-नियमनमा आधारीत समाजको स्थापनामा प्रशासन र राजनीति दुबैले केन्द्रिकृत हुनु अपरिहार्य रहेको छ।
तब लिनेछ बिकासले गति अनि बन्नेछ देश।

कमेन्ट लोड गर्नुस