सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

तस्बिर : कुलदिप शर्माको फेसबुकबाट
तस्बिर : कुलदिप शर्माको फेसबुकबाट
२०७७ साउन १२, ०८:५९ खबर संवाददाता

धनगढीः कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ।

जिल्लाको बौनियामा आज बिहान ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले स्थानीयको अवरोधपछि गन्तव्यका लागि हिडेका सवारीसाधन बौनियामै रोकिएको जनाएको छ।

बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो।

उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्। ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

शव घटनास्थलमै रहेको बताउँदै प्रहरीले मुचुल्का बनाएर उठाईने जनाएको छ।

कमेन्ट लोड गर्नुस