सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु

तस्बिर : कुलदिप शर्माको फेसबुकबाट
तस्बिर : कुलदिप शर्माको फेसबुकबाट
२०७७ साउन १२, ०८:२८

धनगढी : कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्। ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस