सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पार्किङका गाडीबाट पेट्रोल र डिजेल चोर्ने दुईजना पक्राउ

२०७७ साउन ११, ०५:४६ खबर संवाददाता

धनगढीः धनगढीमा पार्किङका गाडीबाट पेट्रोल र डिजेल चोरी गर्ने दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले धनगढी उपमहानगरपालिकाको चटकपुर, बोराडाँडी, राजपुर क्षेत्रमा पेट्रालिय पदार्थ चोरी गर्ने दुईजनालाई पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका ७ घर भई धनगढी बस्दै आएका प्रकाश धामी र गौरीगंगा नगरपालिका वडा नम्बर ४ का परे धामी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।    

 

 

कमेन्ट लोड गर्नुस