कैलाली काँग्रेसका सचिव कुँवरले भने, ‘अन्याय सहिदैन्’
धनगढी : नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले शनिबार कैलालीका नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेता कार्यकर्ताले सो निर्णयको विरोध गरेका छन्।
उनिहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गराउन ओझालाई कारबाही गरेको भन्दै अनुशासन विभागको निर्णय नमान्ने चेतावनी समेत दिएका छन्। कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले ओझालाई पार्टीबाट निष्कासित गरेपछि ‘अन्याय सहिदैन्’ भन्दै स्टाटस लेखेका छन्।
कुँवरले दिनेश खवरसंग कुराकानी गर्दै धनगढीमा आयातित मान्छेलाई ल्याउन ओझामाथि कारवाही गरिएकाले फिर्ता हुनुपर्ने माग पनि गरेका छन्। उनले उक्त विषयमा छलफल गर्न बैठक समेत बोलाईएको जानकारी दिए।
आयातित मान्छेहरुको अवसरका लागि अर्को पक्षलाई सक्काउने भनेरै लागेको पार्टीको एक तप्काकै स्वार्थमा ओझालाई कारवाही गरिएको दावी कुँवरको छ।
पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडि सार्ने योजनाका साथ पार्टीले कारबाहीको निर्णय गरेको कुँवरले बताए।
२०७४ मंसिरमा समपन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेस सभापति देउवा पत्नि आरजुह देउवालाई राउन भूमिका खेलेको भन्दै अनुशासन समितिले ओझालाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।