सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसले भन्यो, ‘भदौ, असोजमा ११ र १२ को परीक्षा हुन्छ, तयारी गर्नुस’

२०७७ साउन ११, १२:३६ खबर संवाददाता

धनगढी : कैलाली बहुमुखी क्याम्पस धनगढीले कक्षा ११ र १२ को परीक्षा सञ्चालन हुने भएकाले तयारी गर्न विद्यार्थीलाई आग्रह गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास पछि गरिएको लकडाउनबाट प्रभावित भएको कक्षा ११ को परीक्षा भदौमा र १२ को परीक्ष असोजमा सञ्चालन हुने भन्दै तयारी गर्ने विद्यार्थीलाई आग्रह गरेको हो।

क्याम्पसले सूचना प्रकाशन गर्दै भदौमा ग्रेड बृद्धि परिक्षा हुने भन्दै तयारी गर्न भनेको छ। कैलाली बहुमुखी क्याम्पसमै परीक्षा हुने, १२ कक्षामा भर्ना हुनका लागि विद्यार्थीले प्रत्येक बिषयमा डी प्लस ग्रेड ल्याउनुपर्ने, परीक्षाको निरिक्षण राष्ट्रिय परिक्षा बोर्डले गर्ने र परीक्षाको कार्यतालिका पनि यथाशीग्र प्रकाशन गर्ने क्याम्पस प्रमुख डाक्टर पदमराज जोशीद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ।

कक्षा १२ को परीक्षा भने राष्ट्रिय परिक्षा बोर्डले असोजको पहिलो साता सञ्चालन गर्ने बताएको छ।

कमेन्ट लोड गर्नुस