सुदूर नेपाललाई विश्वसँग जोड्दै

शाखा प्रमुखले भने, ‘दबाब र प्रलोभनमा पार्न खोज्नेले घटना घटाएको हुनसक्छ’

२०७७ साउन १०, ०४:४५ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिकाको योजना तथा बजेट शाखा प्रमुखले आफ्नो कार्यकक्षमा दिसा भेटिएको घटनाप्रती ध्यानाकर्षण भएको जनाएका छन्।

शाखा प्रमुख सत्यराज जोशीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै आफूलाई दबाब र प्रलोभजनमा पार्न खोज्ने दानवी चिन्तन र प्रवृत्ति भएका व्यक्तिले उक्त घटना घटाएको हुनसक्ने उल्लेख गरेका छन्।

‘विगत केही हप्तादेखि विभिन्न मनोबैज्ञानिक दबाब र प्रलोभनमा पार्न खोजेको र आफू त्यसबाट अविचलित रही प्रभावित नभएको हुँदा केही दानवी चिन्तन एवंम् प्रवृत्ति भएका व्यक्तिहरुबाट यस्तो प्रकारको घटना घटाईएको हुनसक्ने मेरो प्रारम्भीक बुझाई छ।’ जारी ध्यानाकर्षण पत्रमा भनिएको छ।

उनले उक्त घटना धनगढी उप–महानगरपालिकामाथि लक्षित गरी घटाईएको हो भनेर बुझ्न समेत जरुरी रहेको उल्लेख गरेका छन्। जोशीले घटनाका सन्र्दभमा तत्काल नगर प्रमुख, एकजना नगर कार्यपालिका सदस्य र प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराएको बताउँदै त्यस्ता दुस्साहसलाई निस्तेज पारिने आश्वासनपछि आफू निस्केको जनाएका छन्।

उनले कार्यालयमा उक्त प्रकारका क्रियाकलापलाई उपमहानरपालिकाले प्रसय दिदैन् भन्नेमा आशावादी रहेको भन्दै लेखेका छन्, ‘विवेकशिल र चेतना भएको मानिसले यस्तो कुकृत्य गर्दैन् र कार्यालयमा यस्ता प्रकारका पशुवत व्यवहारलाई प्रसय दिनुहुन्न, धनगढी उप–महानगरपालिकाले दिन्न भन्नेमा म पूर्ण आशावादी छु।’

उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएको थियो। कुर्सीमा बसेको केही समयपछि जोशीले दिसा राखेको थाहा पाएका थिए। तर दिसा कसले र किन राख्यो भन्ने कुरा खुलेको छैन्।

तर उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। 
 

कमेन्ट लोड गर्नुस