धनगढीमा नमस्ते युवा क्लव गठन
धनगढी-धनगढीका युवाहरुले नमस्ते युवा क्लव गठन गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बोराडाडी–भगवती टोलका युवाहरुले क्लव गठन गरेका हुन्।
केशव भट्ट अध्यक्षतामा क्वल गठन गरिएको हो। उपाध्यक्षमा दिपक बिष्ट, सचीवमा प्रदीप जोशी, कोषाध्यक्षमा बिशेश्वर प्रसाद भट्ट र सहसचीवमा पुष्पा पाण्डेय चयन भएका छन्। सदस्यहरुमा दिनेश साउँद, खेम राज जोशी, नबिन भट्ट, नवराज जोशी, प्रमोद चन्द, कविता भट्ट, सविता भट्ट, बिष्णु चटौत, नबिन शर्मा र यशोदा मल्ल चयन भएका छन्।
क्लवले आज शिवगौरी भगवती मन्दिर सरसफाइ समेत गरिएको छ। टोल सरसफाई र मन्दिर परिसरमा बृक्षारोपण गर्ने अध्यक्ष भट्टले बताए।