सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्म दिनको अवसरमा छोरीको जीवन बिमा

२०७७ साउन ९, ०७:२९ खबर संवाददाता

धनगढीः छोरीको जन्मदिनको अवसरमा बैतडीका दिपेश ऐरीले जीवन बिमा गराएका छन्।

छोरी आचलको जन्म दिनको अवसर पारेर ऐरीले धनगढीको रिलायबल लाईफ इन्स्योरेन्समा पाँच लाखको बिमा गराएका हुन्। ऐरीले छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले बिमा गराएको बताए।

जन्म दिनमा फजुल खर्च गर्नुभन्दा पनि जीवन सुरक्षा हुने भएकाले बिमा गरेको उनले जनाए।

रिलायबल लाईफ इन्स्योरेन्स धनगढीका शाखा प्रमुख चन्द्र बहादुर बिष्टले जन्मदिनको शुभकामना दिदैँ आउने दिनहरुमा पनि यसरी बचत हुदै जाने बताए।  उनले  बीमालेखले बीमा समाप्ति पछि बीमाङ्क र बोनस एकमुष्ट फिर्ता हुने भएकाले बच्चाको उच्च शिक्षामा समेत उपयोगी हुने बताए। 

कमेन्ट लोड गर्नुस