जन्मदिनका अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण
धनगढी: नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका महासचिव, अन्तराष्ट्रिय निर्णायक तथा जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक रतन खातीले जन्मदिनको अवसरमा अस्पतालमा फलफूल तथा जुस वितरण गरेका छन्।
खातीले ४४औं जन्मोत्सवको अवसरमा शुक्रबार नवजिवन अस्पतालको विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेका हन। अस्पतालमा फलफूल तथा जुस वितरण गर्दै उपचारमा रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना गरेका थिए ।