सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री र शिक्षामन्त्रीलाई दुई विद्यार्थीको खुलापत्रः ४० हजार विद्यार्थी टुहुरा भए

२०७७ साउन ८, ०६:२१

सम्माननीय प्रधानमन्त्री ज्यू र माननीय शिक्षामन्त्री ज्यू,

तर्पाहरु यो देशलाई समृद्धितर्फ लग्न हामी लागिरहेको छौ भनिराख्नुभएको छ। तर समृद्धितर्फ लग्ने क्रममा शिक्षा क्षेत्र र शिक्षित युवावर्गको धेरै महत्वपूर्ण भूमिका रहन्छ। यो कुरा सबैलाई अबगत नै छ। त्यसै क्रममा भनिराख्नुपर्दा नेपालकै दोस्रो ठूलो विश्वविद्यालय भनिने पोखरा विश्वविद्यालय अहिले उपकुलपति नभएर अभिभावकविहीन भएको छ भने हामी ४० हजार विद्यार्थी टुहुरा र प्रभावित भएका छौं।

हामीलाई हेर्न अनाथालयका रुपमा आङ्गिक आ–आफ्ना कलेजहरु भएपनि अनाथालयका बाँकी पदाधिकारीहरु जस्तै रजिस्ट्रार, परीक्षा नियन्त्रक अन्य कोहीपनि छैनन्। अहिलेको विषम महामारीका कारण हाम्रो शैक्षिक क्षेत्र र परीक्षा चार महिनादेखि अस्तव्यस्त छ।

यसैक्रममा बाँकी विश्वविद्यालयहरूले अब विद्यार्थीको मानसिक तथा स्वास्थ्य अवस्थाको विचार नगरेर परीक्षा लिने अपरिपूरक निर्णय लिएको छ भने पोखरा विश्वविद्यालय कानमा तेल हालेर सुतेको हुँदा कुलपति र सहकुलपती ज्यू पोखरा विश्वविद्यालयलाई उपकुलपति लगायत अन्य सम्पूर्ण पदाधिकारीहरु नियुक्त गर्दा राजनीतिक भागबन्डाको खेल बन्दगरी चाँडोभन्दा चाँडो सम्पूर्ण पदाधिकारी नियुक्तगरी विद्यार्थीहरूको भविष्य उज्जवल पार्न सहयोग गरिदिनहुन अनुरोध गर्दछौं।
    
टिकेश भट्ट र अनुप पाण्डेय
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी(NCIT)

कमेन्ट लोड गर्नुस