सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा स्थापनामा पुष्पलालको योगदान महत्वपूर्ण : पर्यटन मन्त्री भट्ट

२०७७ साउन ७, ०७:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गर्न स्र्वगीय पुष्पलाल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताएकी छन्।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको ४२ औँ स्मृती दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्र कैलालीले आयोजना गरेको वृक्षारोपरण कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएकी हुन्।

उनले श्रेष्ठले देशमा शाही शासन चलेका बेला कम्युनिष्ट पार्टी स्थापना गर्दै गरिब तथा असहायको पक्षमा काम गरेको स्मरण गर्दै पुष्पलालको समाजवाद उन्मुख नीतिको अनुशरण गर्नुपर्ने बताईन्।

भट्टले पुष्पलालको विचारको संरक्षण गर्दै कम्युनिष्ट पार्टीलाई जीवन्त बनाउने अभिभारा युवा वर्गको भएको उल्लेख गर्दै भुत्ते नभएर विचारक बन्न आग्रह समेत गरेकी छन्।

भट्ट पुष्पलाल मित्रता केन्द्रले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको शान्ति सामुदायिक वनमा आयोजना गरेको सभा तथा वृक्षारोपण कार्यक्रमकी प्रमुख अतिथि समेत थिईन्।

कार्यक्रममा बोल्दै वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले पुष्पलालको सपना साकार पार्न सर्वहारा जनताको पक्षमा काम गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपाका नेता तथा सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशी, मित्रता केन्द्रका सदस्य दीर्घ जोशी, युवा संघ नेपालका केन्द्रिय सदस्य दीपक सिंह, युवा संघ नेपालका केन्द्रिय सदस्य बाबु राजा श्रेष्ठ, वडा नम्बर ३ का वडा सदस्य तथा राष्ट्रिय यूवा सघ नेपालका जिल्ला कमीटी सदस्य ओम बिक्रम चन्द, वडा सदस्य नारायण पाण्डे लगायतको सहभागिता रहेको थियो। 

    
 

कमेन्ट लोड गर्नुस