सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका संस्थागत शिक्षक आन्दोलित

२०७७ साउन ७, ०६:०२ खबर संवाददाता

कञ्चनपुर: संस्थागत विद्यालयले लकडाउन अवधिको शुल्क लिने तर शिक्षक कर्मचारीलाई तलब नदिने भएपछि संस्थागत विद्यालय शिक्षक युनियन आन्दोलनमा उत्रिएको छ। संस्थागत विद्यालय शिक्षक युनियनले शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरमा धर्ना दिएको छ। 

शिक्षक, कर्मचारीलाई असार महिनासम्मको तलब दिनुपर्ने, शिक्षक, कर्मचारीलाई सेवाबाट हटाउने कार्य बन्द गर्नुपर्ने र शिक्षक, कर्मचारीले अहिलेसम्म खादै आएको सेवा सुविधा कटौती नगरी उपलब्ध गराउनुपर्ने माग गर्दै एक घण्टा धर्ना दिएको युनियनका अध्यक्ष धनन्जय जोशीले बताए। 

 

कमेन्ट लोड गर्नुस