सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बाक्लियो चहलपहल, बढ्यो सवारी चाप

२०७७ साउन ७, ०३:५९ खबर संवाददाता

धनगढी : सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै धनगढीमा चहलपहल बढेको छ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सवारी साधान निर्बाध रुपमा चलेसंगै चहलपहल बढेको हो। एक सय २० दिन लामो बन्दाबन्दीको अन्त्यसँगै मङ्गलबार मध्यरातदेखि लकडाउन खुलेको हो।

लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ। योसँगै धनगढीका सडकमा सवारी चाप अत्यधिक देखिएको छ। 

 

कमेन्ट लोड गर्नुस