सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तीनवटा मोटरसाईकल ठोक्किए, तीनजना घाईते

२०७७ साउन ७, १०:३० खबर संवाददाता

धनगढीः धनगढीमा तीनवटा मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाईते भएका छन्।

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्डको सहिद गेट नजिकै तीनवटा मोटरसाईकल ठोक्किदा तीनजना घाईते भएको प्रहरीले जनाएको छ।

से ५प९०१७, से ५प ८३१४ र से१च ८००२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा धनगढी उपमहानगरपालिका ६ का २४ वर्षीय विवेक राना, उनकी श्रीमती २२ वर्षीया निरमाया राना र धनगढी २ का रामसिह सिकेन घाईते भएका हुन्।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। से १ च ८००२ नम्बरको मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

कमेन्ट लोड गर्नुस