सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिप्रदीको लापरबाहीले समस्यामा स्थानीय

२०७७ साउन ६, ०६:५८ खबर संवाददाता

धनगढी : धनगढीका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी प्रालिले ग्यारेजबाट निस्कने दूषित पदार्थ खुल्लै छोड्दा स्थानीय समस्यामा परेका छन्।

ग्यारेजबाट निस्कने पेट्रोलियमजन्य फोहर, मोबिललगायतले धनगढी उपमहानगरपालिका वडा नम्वर १३ चटकपुरका स्थानीय समस्यामा परेका हुन्। 

चार वर्षदेखि सिप्रदीको फोहोर स्थानीयको खेत तथा बारीमा छाडिँदा उब्जनी हुन छाडेको स्थानीय रचित शाहले गुनासो पोखे। यसबारे पटक पटक सिप्रदीका व्यवस्थापनसँग कुरा गर्दा पनि बेवास्ता गरिएको उनको गुनासो छ।  

सिप्रदी धनगढीका कार्यकारी अधिकृत शम्भु दाहालले आफ्नो कार्यालयबाट गल्ती भएको स्वीकार गरे। चाँडै यसको समाधान निकाल्ने र केन्द्रीय कार्यालयमा सम्पर्क गरी समस्या समाधान गर्ने बताए।
 

कमेन्ट लोड गर्नुस