सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवको नेपाल कम्युनिष्ट पार्टीद्धारा कैलालीमा प्रदर्शन

२०७७ साउन ५, ०९:०९ खबर संवाददाता

मसुरिया : कैलालीमा नेत्रबिक्रम चन्द (विप्लव) नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीले प्रदर्शन गरेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदाशिपुरमा प्रदर्शन गरिएको हो।

कृतिम मुद्दामा नेता कार्यकर्तालाई पक्राउ गरिएको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले आरोप लागएको छ। झुठा मुद्दा लगाएर राज्यले आतंक गरेको, नेकपा माथि राजनीतिक प्रतिबन्ध लगाएर गैरन्यायिक तबरले पक्राउ गरेका नेताकार्यकर्ता रिहाको माग गरिएको छ।

बुधबार कैलाली प्रहरीले धनगढी उप–महानगरपालीका वडा नम्बर ७ बाट विप्लवका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।

आज पनि तीन विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेको नेता–कार्यकर्ताको रिहाइको माग गर्दै मगलबार बन्दको आह्वान समेत गरिएको छ। 

कमेन्ट लोड गर्नुस