दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
दार्चुला : अविरल वर्षाका कारण दार्चुलामा पहिरोले घर भत्काउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्वर ६ परिगाउँकाकी ४२ वर्षीया मानमतीदेवि ठकुन्ना र ६ वर्षीया आरती ठकुन्नाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।
सिंहका अनुसार गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएसँगै उनीहरूलाई पुरेको थियो। पहिरोले सोही ठाउँको आधारभूत माध्यमिक विद्यालयको सातकोठे र पाँचकोठे पक्की भवनसमेत बगाएको छ भने भानसिंह ठकुन्ना र बिरभान ठकुन्नाको घर पनि पहिरोबाट क्षति पुगेको छ।