सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जोशीपुर गाउँपालिमा पहिलो पटक कोरोना पुष्टि, सातै संक्रमित भारतबाट आएका थिए

२०७७ साउन ५, ०९:२१ खबर संवाददाता

धनगढीः कैलालीको जोशीपुर गाउँपालिकामा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ। जिल्लामा कोरोना महामारी फैलिएको चार महिनापछि जोशीपुर गाउँपालिकामा पहिलो पटक आईतबार ७ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार जोशीपुर गाउँपालिका वडा नम्बर ७ का एक महिला र छ पुरुषमा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार संक्रमित हुनेमा २४ वर्षीय महिला, २४ वर्षकै पुरुष, २८,२८, ३४,४५, र ४५ वर्षीय पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय कैलालीले जोशीपुर गाउँपालिकामा सात जना संक्रमित भेटिएसँगै जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको जनाएको छ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले आईतबार संक्रमण पुष्टि भएका सातैजना ७ दिन अघि मात्र भारतबाट फर्किएको बताए।

धामीले भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका उनीहरुलाई अहिले टीकापुर अस्पतालको आईसोलेसन र क्वारेन्टिनमा राखिएको छ। कैलालीमा सुदूरपश्चिममै सबैभन्दा बढि नौँ सय ७८ जना संक्रमित छन् भने चारजनाको मृत्यु भईसकेको छ। 

कमेन्ट लोड गर्नुस