सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट प्रकाशन हुने पहुरा थारु दैनिक १८ वर्षमा प्रवेश

२०७७ साउन १, ०७:२१ खबर संवाददाता

धनगढी: धनगढीबाट प्रकाशन हुँदै आएको पहुरा थारु दैनिक १८ वर्षमा प्रवेश गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा २०५९ चैत २६ गते साप्तहिक पत्रिका प्रकाशनका लागि दर्ता भएको पहुरा २०६६ चैत २९ गतेबाट दैनिक प्रकाशन सुरु गरिएको प्रकाशक स्माइल चौधरीले बताए। 

‘भाषा, संस्कृति र समाचारमा प्राथमिता’ भन्ने नाराबाट सुरु भएको दैनिक पत्रिका २०६७ चैत १० गते प्रेस काउन्सिल नेपालबाट सम्मानति पनि भएको थियो। थारु भाषा, पत्रकारिताको विकासका लागि विशेष पहल तथा योगदान पुगाएको भन्दै ‘प्रेस काउन्सिल  भाषागत पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको हो। 

थारु भाषाको पत्रिका पहुरा दैनिक प्रेस काउन्सिल नेपालको २०६७÷०६८ को मुल्याङकमा ‘क’ वर्गमा पर्न सफल भएको छ। अहिलेपनि पत्रिका ‘क’ वर्गमा नै छ। पत्रिकाको डिजिटल मिडिया अर्थात अनलाईन पनि सञ्चालन गर्दै आएको छ। 

 

कमेन्ट लोड गर्नुस