सुदूर नेपाललाई विश्वसँग जोड्दै

सासंद प्रेम आलेलाई कारबाहीको माग

२०७७ असार ३१, ०३:२१ खबर संवाददाता

धनगढी : सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाही गर्न कैलालीका सामुदायिक वन उपभोक्ता समूहरुले माग गरेका छन्। वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित उक्त उपसमितिका सदस्य आलेलाई कारवाहीको माग गरिएको हो।

डिभिजन वन कार्यालय पहलमानपुर मातहतका २९ र धनगढी डिभिजन अन्तरगतका ३९ सामुदायिक वनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै सांसद आलेलाई कारबाहीको माग गरेका हुन्। 

सांसद आलेले स्थलगत अध्ययनको क्रममा वनका पदाधिकारीलाई धम्काउने र मानमर्दन हुने गरी अपशब्द बोलेकाले कारबाहीको माग गरिएको हो। उनीहरुले नयाँ उपसिमिति बनाएर छानबिन गर्न समेत माग गरेका छन्।

उप समितिले घूससहित पक्राउ परेका डोटीका पूर्व सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई विज्ञका रुपमा प्रयोग गरिएकाले उपसमितिले निष्पक्ष छानबिन गर्न नसक्ने ज्ञापन पत्रमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस